Friday, May 25, 2012

परिवर्तित समाजका विचलित मोडहरु


“परिवर्तित समाजका विचलित मोडहरु”
आचार्य चन्द्र

वीर गोर्खालीले परिचित वैज्ञानिक क्रान्तिले सुसज्जित विश्वमा शान्ति सुशासनको महासागरीय स्पन्दन, प्राकृतिक सौन्दर्यता अनि चरम आनन्दको प्रतिमूर्ति, सार्वभौम मानवीय मूल्यको स्पन्दन त्यस्तै बहु जातिय, बहु भाषिय, बहु धार्मिक त्यसमा पनि धर्म निरपेक्षताको बहसले सुसज्जित नेपाल आमा हामी सम्पूर्ण नेपालीको सान, गौरव अझै भनौ त हाम्रो अस्तित्व र परिचय पनि हो । हिजोका ति वीर गोर्खाली महापूरुषहरुले जिन्दगीको हरेक मोडहरुमा क्रान्तिकारी कदमहरु अभैm त्यसमा राष्ट्रप्रेमी आवाजहरु वुलन्द गर्दै अखण्ड राज्यको स्थापना गरी वीर गोर्खालीको नामले परिचित हाम्री नेपाल आमा  प्रत्येक नेपालीको ढुकढुकी पनि त हो । ति महान नायकहरु, क्रान्तिकारी हृदयहरु, जीवन त्याग गर्ने बलिदानि मुस्कानहरु, अखण्ड राज्यको लागि भएका क्रान्तिकारी कदमहरु, मातृभूमिको मुहारमा खाई नखाई हाँसो छर्ने ति बलिदानि वीरंगनाहरु अभैm भनौ त ति महान सपूतहरु आजको यस उत्तरआधुनिक वादले झकिझकाउ स्वर्णिम संसारको उपज भन्दा दुईमत नहोला । नेपाली क्रान्तिका महानायक, एक दुरदर्शी व्यक्तित्व, विचलित नेपाली ढुकढुकीहरुको भविष्य सुनिस्चित गर्ने महान वीर सपूत उनै श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहले चार जात छत्तीस वर्णको फूलवारी भनी स्थापित गरेको यो राज्य त्यसैगरी अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका विरुद्ध आफ्नो देशको अस्तित्व वचाउन, नेपाली आमाको चेहरामा मन्द मुस्कान सुम्पन, आजको नेपाल अधिराज्यको स्थापना गर्न अभैm भनौ त नेपाली ढुकढुकीहरुको रक्षा गर्न आफ्नो कलकलाउँदो फक्रिरहेको अनि पूmलिरहेको स्वर्णिम जीवन शत्रुहरुको वम र वारुद त वैरीहरुको तोपको ढाल वनि मातृभूमिको रक्षा गर्न जीवन आहुती दिने ति महान वीरपूरुषहरु वलभद्र कुँवर, भक्ति थापा, अमर सिहं थापा जस्ता यो देशका शाहसी धड्कनहरुको त्यो नालापानीको रक्तिम आवाजले हाम्रो अस्तित्वलाई विश्वसामू स्पष्ट पारेको छर्लङ्घ देखिन्छ । हिजो पृथ्वीनारायण शाहले वाईसे चौबीसे राज्यलाई एकीकरण नगरेको भए, भक्ति थापा, वलभद्र कुँवर, अमर सिंह थापा जस्ता महान वीर पूरुषहरु शत्रुको ढाल वनि नेपाली माटो नरङ्घिएको भए के आज हामी शीर ठाडो पारेर गर्वका साथ हाम्रो प्राकृतिक सौन्दर्यता अनि त्यसभित्रको कृतिम रंगमञ्चीय दृष्यहरुको स्वाद बटुल्न पाउँथ्यौ होला त ? त्यस्तै सगरमाथाको चुचुरोमा हाम्रो राष्ट्रियताको प्रतिक नेपाली पहिचान राष्ट्रिय झण्डा विश्व सामु फहराउँथ्यो होला त ? अनि हाम्रा नेपाली आवाजहरु, मन्द मुस्कानहरु, भाषिक स्वरहरु, धार्मिक कृतज्ञताहरु मादल र मुर्चुङ्गा अनि वाँसुरीको हृदयस्पर्शी धुनसगैँ स्पर्श गर्न पाउँथ्यौ होला त ?
अपसोच् !
समय परिवर्तित छ, परिवर्तित समय सगँसगै मानव मस्तिष्कहरु, वुलन्द आवाजहरु, मर्मस्पर्शी हृदयका सपनाहरु परिवर्तित भइरहेका छन् । समयको वेग सँगै मानवीय इच्छा र चाहनाहरु क्षण भरमै परिवर्तित हुदैछन् । क्रान्तिका नाउँमा नेपाली अस्तित्व सिमलको फूलझै लत्रिएर वेकम्मा भएर उड्दैछ । वीरहरुले जीवनको आहुती दिएर सजिएको यो अखण्ड राष्ट्र जातीयताका नाउँमा धुजा धुजा हुदैछ । भाईचाराले मन्त्रोमुग्ध सम्बन्ध जातीयताका नाराले चुडिदैछ । जातीयताका नाउँमा भाईचारा माथि खुकुरीको धार बर्सदैछ । अखण्ड राष्ट्रियताको बलत्कार हुँदैछ अझै मार्मिक कुरा त राष्ट्रिय अखण्डता माथि विदेशी चलखेल बढ्दै छ, किन ???
आज देश सङ्क्रमणकालमा गुज्रिरहेको छ, एक नेपालीले अर्को नेपालीलाई चिन्न छाडीसकेको छ,आपसी कलह बढ्दैछ, एक–एक गर्दै नेपाली समाजका पीडाहरु दिन प्रतिदिन थपिदैछन्, ऐतिहासिक सम्झौताहरु क्षणभरमै तोडिदैछन्, विकासका झुल्के घामहरु नजरवन्दमा छन्, दलित, उत्पीडन र अपहेलितका चोटहरु झन आलाकाचाँ वन्दै गईरहेका छन्, अझै दुःखदायी कुरा त नेपाली अस्मिता हामीहरु माझवाट अपहरित हुदैछ, देश गृह युद्धमा लपेटीँदैछ यस्तै–यस्तै पीडा र विचलित मोडहरुमा नेपाल र नेपाली तहसनहस भैरहेछ ।
देश पुरै रक्तपातमय वन्दैछ, गृह युद्धको आँधीवेहरी सुरुभईसकेको छ, ठाउँ–ठाउँमा जातीय दङ्गा भएको समाचार आईरहेछ बिशेषतः राष्ट्रिय अखण्डता माथि विदेशी चलखेल बढिरहेछ, अन्तराष्ट्रिय बजारहरुमा नेपाली भूमिमाथिको गिद्धे नजरका वारेमा बहस हुँदैछ, अखण्ड सौन्दर्य नेपाल भूमिका विभिन्न प्राकृतिक सौन्दर्यताले झकिझकाउ स्वर्गीय स्थलहरु अन्तराष्ट्रिय बजारहरुमा मोलतोल गरी भागवन्डा हुदैछ ।
उता संविधान वनाउने होडवाजीमा वर्षौ वितिसकेको छ । क्षण–क्षणमा सरकार परिवर्तन भईरहेको छ । राष्ट्रिय सम्पत्तिको दुरुपयोग भईरहेको छ । देश विकासका नाउँमा पहुँचहरुको भरणपोषण भईरहेको छ । आरोप प्रत्यारोपमा अमूल्य समय वर्वाद हुदैछ । राष्ट्रिय ढुकुटिमा धमीरा लागीसकेको छ । देशको अर्थतन्त्र राजनैतीक षड्यन्त्रले खोक्रो भईसकेको छ त्यस्तै मलमपट्टी गर्नुपर्ने मोडहरुमा नेतृत्व पंत्तिवाटै आगोमा घिउ थप्ने कुकार्य भईरहेछ । अझै भनौ त कँहि नभएको जात्रा हाँडी गाउँमा भनेझै भईरहेछ ।
खै कहाँ छ शान्ति यहाँ मानवले मानवकै हत्या गरिरहेछ । किन हुन्छ क्र्रान्ति यहाँ देश झन् झन् दर्दनाक वन्दै गईरहेछ । किन क्रान्ति गरिन्न यहाँ नेपाली भूमि माथि हुँदै गरेका अन्तराष्ट्रिय क्रूर दमन अनि नेपाली भूमिको भागवन्डा भईरहेका ती साम्राज्यवाद र विस्तारवादका बहसहरु माथि ???

                 समाप्त
    

No comments:

Post a Comment