Friday, June 12, 2020

निजामती सेवाको अबधारणा, नेपालको निजामती सेवाका कार्यहरु र सामना गर्नुपरेका चुनौतीहरु


नागरिक सेवा प्रदायक संस्था हो निजामती सेवा। निजामती सेवा सरकारको महत्वपुर्ण प्रशासनिक अङ्ग हो जसलाई कानुनी अधिकार दायित्व प्रदान गरिएको हुन्छ।

फाईनरका अनुसार  “Civil service is a professional body of officials, permanent, paid and skilled.” नेपालको संविधानको धारा २४३ अनुसार, "निजामती सेवाको पद भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल नेपालको कर्मचारीको सेवाको पद तथा निजामती सेवाको पद होइन भनी ऐन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरु सबै सेवाको पद सम्झनु पर्छ।"

उल्लिखित परिभाषाका आधारमा निजामती सेवा सरकारी कोषबाट तलव भत्ता पाउने, विशिष्ट ज्ञान सीप भएका, राजनीतिक रुपमा तटस्थ, नागरिक सेवामा समर्पित स्थायी प्रकृतिका गैर सैनिक, प्राविधिक एवं अप्राविधिक दुवैखाले कर्मचारीहरुको पेशागत समूह हो।

निजामती सेवा जनसेवाका लागि संविधान कानूनद्वारा स्थापित प्रशासनिक संगठन पनि हो जसलाइ स्थाई सरकारको रुपमा लिइन्छ। शासन प्रणाली सरकार स्थापनासँगै सहयोगिको रुपमा निजामती सेवाको विकास भएको देखिन्छ। यसको सुरुवात प्राचीन कालमै चीनबाट भएको मानिन्छ भने आधुनिक इतिहाँस सन् १८५४ मा बेलायतको Northcote-Trevelyan Report अनुसार Patronage System को अन्त्य पछि योग्यता प्रणालीमा आधारित स्थाई निजामती सेवाको सुरुवातसँगै भएको देखिन्छ।

नेपालमा वि. सं. २००८ सालमा लोकसेवा आयोगको स्थापना वि. सं. २०१३ सालमा निजामती सेवा ऐनको तर्जुमा भएसँगै वि. सं. २०१५ सालबाट निजामती कर्मचारीको भर्ना लोकसेवा आयोगले प्रतिस्पर्धाका आधारमा स्थायी रुपमा लिने व्यवस्थाको थालनी गरी निजामती सेवालाई योग्यता प्रणालीमा आधारित स्थाई स्वरुपको बनाइएको पाइन्छ।

नेपालको निजामती सेवाका कार्यहरु:
शासन विकास सेवा प्रवाहका लागि कानुन सम्मत गठित सरकारको स्थाई प्रशासनिक अंगको रुपमा स्थापित निजामती सेवाका कार्यहरु देहायबमोजिम उल्लेख गरिन्छ:
) सार्वजनिक नीति निर्माणमा सरकारलाई सहयोग गर्नु,
) सरकारले निर्णय तर्जुमा गरेका नीतिहरुको प्रभावकारी कार्यन्वयन गर्नु,
) सार्वजनिक स्रोतको मितव्ययी, न्यायोचित एवं दिगो उपयोग गर्नु,
) नागरिकलाई राज्यप्रद्वत सेवाहरु सरल सुलभ ढङ्गबाट उपलब्ध गराउनु,
) विकासका कृयाकलापको तर्जुमा, सञ्चालन व्यवस्थापन गर्नु,
) सरकारलाई आवश्यक विशेषज्ञता तथा प्राविधिक सेवा प्रदान गर्नु,
) सामाजिक पुनर्वितरण मार्फत आर्थिक-सामाजिक विषमता हटाउने,
) समाजमा शान्ती सुरक्षा कायम गर्न सहयोग,
१०) राज्य नागरिक वीचको सम्बन्ध सेतुको रुपमा रहेर शासनको बैधतालाई पुष्टि गर्ने।

नेपालको निजामती सेवाका चुनौतीहरु:
) निजामती सेवाको आकार सानो नागरिकहरुको बढ्दो आकांक्षा मागलाई उचित सम्बोधन गर्नु,
) प्रशासन व्यवस्थापनको क्षेत्रमा विकास भएका नविनतम सिद्वान्त तथा अवधारणालाई आत्मसाथ गर्नु,
) पारदर्शिता उत्तरदायित्व प्रवर्द्वन गर्नु,
) परिवर्तनलाई ग्रहण गर्दै नवीनतम सुचना प्रविधि आविष्कारको प्रवर्द्वन गर्नु,
) समावेशी लोकतन्त्रको प्रभावकारी कार्यान्वयन गर्नु,
) कार्यशक्तिको विविधताको व्यवस्थापन गर्नु निकै चुनौतीपुर्ण छ।
) राजनैतीक तटस्थता प्रतिवद्वताबीच सन्तुलन कायम गर्नु,
) विधुत्तीय शासनको अवलम्बन गरी सेवाको गुणस्तरमा निरन्तर सुधार गर्नु,
) व्यवसायिकताको अभावलाई सम्बोधन गर्नु,
१०) निजी तथा गैरसरकारी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने गरी आफ्नो क्षमता विकास गर्नु,
११) आर्थिक उदारीकरण विश्वव्यापीकरणले सिर्जना गरेका चुनौतीहरुको सामना गर्नु,
१२) पेशागत ज्ञान, सीप क्षमता अभिबृद्विको अवसरलाई सम्बोधन गर्नु,
१३) कर्मचारी सरुवा, बढुवा प्रणाली व्यवस्थित गर्नु,
१४) ट्रेड यूनियनको अधिकारको उपयोगलाई उपयुक्त व्यवस्थित तुल्याउनु,
१५) निजामती सेवाप्रतिको नागरिक विस्वासलाई प्रभावकारी तुल्याउदै अघि बढ्नु।

निष्कर्ष:
नेपालले संघीय लोकतान्त्रिक शासन व्यवस्था अवलम्बन गरेको यसको प्रभाकारी कार्यन्वयनको सम्बन्धमा संवैधानिक प्रावधान विभिन्न नीति नियमको आधारमा रहेर राजनीतिक दर्शन विचारधाराबाट मुक्त भई शासन, विकास सेवा प्रवाहका कार्यमा पारदर्शीता, जवाफदेहिता, उत्तरदायित्व प्रवर्द्वन गर्दै सुशासन प्रवर्दनमा योगदान पुर्याउनु निजामती सेवाको वर्तमानको चुनौती, आवस्यकता नागरिक चासो बनेको छ।
                                                       ****