“उजाड स्पन्दनका वेगहरु”
आचार्य चन्द्र
वाहिरी चेहरा खुले पनि
भित्री आत्मा रोएकै छ
स्पन्दनका इच्छाहरु सलवलाए पनि
केवल पिण्डावश्थामै गुज्रीरहेछ
।
चल्छन स्पनदनका वेगहरु
सोनामी छाल उर्लेझै गरी
गर्जन्छन मस्तिष्कका पिडाहरु
उजाड मरुभुमीको जीउदो लाश सरी
छैन जीन्दगीको कुनै लक्ष्य
वग्छ जीन्दगी पानी सरी
सफल छैन जीन्दगीको कुनै पक्ष
छटपटाउछ मन पानी बिनाको माछाझै
गरी
अंकुराउछन आशा र चाहना मनमा
स्वर्णीम संसारको झुल्के घाम सरी
वहकिन्छन विचलित मोडहरु
उजाड वस्तीको हरीयालीझै गरी ।
छचल्कीन्छन हृदयका तृष्णाहरु
वसन्त वहारको मधुरीमा सरी
सलवलाउछन भविष्यका मन्द मुस्कानहरु
एटम र न्यूट्रोनको पीडा सरी ।
समाप्त
No comments:
Post a Comment