“खै
कहा छ शान्ति यहाँ”
आचार्य चन्द्र
आज
त्यो मन्दिर शून्य भएछ
सडकहरु
आन्दोलनकारीको सदरमूकाम बनेछ
बजारहरु
मानवीय बधशालामा परिणत भएछ
अझै
भनौ त,
मेरी
आमाको चेहरा आँशुनै आँशुले भरीएछ ।
अहो!
ति
मानवीय मस्तिष्कहरु
हिंसा
र अपराधको संयन्त्र भएछ
राष्ट्रका
पहरेदारहरु
बलत्कारीको
नाईके भएछ
न्यायलयका
पूस्तकहरु
भ्रटचारको
मार्गदर्शक बनेछ
अनि
राष्ट्रका लागि मरिमेट्नेहरु
आर्यघाटमा
जलिरहेछ ।
उता!
संसद
भवनमा लडाई चलिरहेछ
संविधान
बनाउने होडवाजीमा
राष्ट्रिय
सम्पतिको दुरुपयोग भैरहेछ
देशका
नेता भनौदाहरु
डिस्को
र दोहोरीका नग्न चरित्रहरु
डाईना
र लोपेज सँग मोज गरिरहेछ
त्यसैले
त आज यहाँ
शान्ति
र शुसासनको बलत्कार भैरहेछ ।
खै
कहाँ छ शान्ति यहाँ
मानवले
मानवकै हत्या गरिरहेछ
घुसखोरी
र भ्रष्टचार दिनप्रतिदिन मौलाईरहेछ
सडक
र बजारहरुमा यहाँ
फेरी
आन्दोलन सुरु भैरहेछ
अझै
भनौ त,
बिहान
आमा आमा भन्दै हिडेको छोरो
बेलुका
आर्यघाटमा जलिरहेछ ।
त्यसैले
त,
आज
त्यो मन्दिर शून्य भएछ
सडक
र बजारहरुमा
आन्दोलन
चर्किरहेछ
अनि
क्रातिकारी छोरो आमाको चित्कारसँगै
चितामा
जलिरहेछ,
अझै
भनौ त
मेरी
नेपाल आमा शान्ति शान्ति भन्दै
मृत्यु
सँग लडिरहेछ,
अझै
भनौ त
मेरी
नेपाल आमा शान्ति शान्ति भन्दै
मृत्यु
सँग लडिरहेछ ।।
समाप्त
I like your poem. Keep it up.
ReplyDeletePrem
thank u sir
ReplyDelete