Tuesday, June 5, 2012

THE DEVIATED SIDES OF CHANGED SOCIETY


THE DEVIATED SIDES OF CHANGED SOCIETY
  By: Acharya Chandra
Translated By: Keshar Nepal
It is the glory, dignity and to be frank, the existence and identity of we all Nepali that we have been known as the great ‘Gurkhali’ in the world fascinated with the scientific revolution, peace, flash of the ocean of good governance, natural beauty and the picture of extreme pleasure, pulsation of the overall human values and multiethnic, multilingual and multi-religious Nepal decorated with the debate of secularism. Our Nepal, well known as great Gurkhali’s, taken this form because of the presence of our great ancestors’ revolutionary efforts throughout their life raising the voices for the establishment of undivided state, is the throb of every Nepali. It will not be exaggeration to say that those great heroes, revolutionary hearts, life scarifying smiles, the revolutionary activities for the establishment of integration, betterment of the country and great sons are the outcomes of the world, well illuminated with the post-modernism. Great heroes of Nepali revolution, a prudent personality, future ensurer of deviated Nepali, his majesty Prithivi Narayan Shah had called Nepal the common garden of all regardless of ethnicity and races. Further, those great sons Balavadra Kuwar, Bhakti Thapa, Amar Singh Thapa to name some, who sacrified their blooming life in defending the native land from enemy, seem to be the hearts of the nation who made it clear that our existence has been spread worldwide with the revolutionary voices of Nala-Paani. They, moreover, got success to defend Nepal from American imperialism and Indian Expansionism. They have brought it in its position now. Could we get chance to do pride and get the experience of artificial scene within our natural beauty if Prithivi Narayan Shah did not integrate the Baaise and Chaubise states? Let’s think about the situation if Bhakti Thapa, Balabhadra Kuwar, Amar Singh Thapa, great heroes, did not defend the enemy and made the field bloody. Similarly, could our national flag, our identity, wave on the peak of Mt. Everest? Again, our Nepali voices, mysterious smiles, lingual voices, religious thankfulness, madal and murchunga and could we keep on touch with these things along with the really heart touching sweat melody of flute?
Unfortunately!
Dynamic, is the time. Along with the dynamism of time, human minds, blooming voices, heart touching dreams etc. have also been changing. Wills and desires of the human beings are changing within a minute along with the pace of the time. Being named as revolution, the identity and existence of our country have been deteriorated. It seems to be the worthless falling flower of Simal. This undivided nation, the output of great Sons’ scarification, has been broken into parts in the name of ethnicity and cast. The bond relation of brotherhood has been broken down with the slogan of ethnicity. To be frank, the knife blade has been experienced as the attack to brotherhood being favoured of ethnicity as races. The undivided nationality has been rapped and it is the most serious matter that how the foreign activities have been felt upon our national integration???
Now, our country is in the transitional phase. One Nepali does not recognize other Nepali. Each others’ conflict has been increased. The tortures on Nepali society have been added one by one. Historical accords have been violated within a minute. The rising suns of the dalits, disadvantaged and marginalized people have been becoming fresh. The more painful matter is that the Nepali virginity has been disregarded from us. The country has been wrapped in the home war. In such torture and deviated sides Nepal and Nepali have been puzzled.
It has fully been carnaged, the storm of home war has already been started. News about racial conflict has been spreading. Especially, foreign conspiracy has been increased on the matter of national integration. It has been discussed about the vulturous vision on our Nepali land in the international markets. Heavenly spaces fascinated with the natural beauties of undivided beautiful nation have been spent. Government has been changing within a minute. National property has been misused. Those who are in access have been benefited in pretending of nation blaming and rebuking each others. National barn has already been wormed. Because of the conspiracy of politics, national economy has been hollow. Instead of settling it down, the leaders are encouraging for it. To be specific, the uniqueness has been found here in Nepal, not elsewhere.
Where is peace? The man is killing the man. Why not revolution here? Our country has been getting weaker and weaker. Why not revolution here against the international cruel suppression upon Nepali land? Why not revolution against the imperialists’ and expansionists’ debates about the division of Nepali Land???

Thee End

“परिवर्तित समाजका विचलित मोडहरु”

आचार्य चन्द्र

वीर गोर्खालीले परिचित वैज्ञानिक क्रान्तिले सुसज्जित विश्वमा शान्ति सुशासनको महासागरीय स्पन्दन, प्राकृतिक सौन्दर्यता अनि चरम आनन्दको प्रतिमूर्ति, सार्वभौम मानवीय मूल्यको स्पन्दन त्यस्तै बहु जातिय, बहु भाषिय, बहु धार्मिक त्यसमा पनि धर्म निरपेक्षताको बहसले सुसज्जित नेपाल आमा हामी सम्पूर्ण नेपालीको सान, गौरव अझै भनौ त हाम्रो अस्तित्व र परिचय पनि हो । हिजोका ति वीर गोर्खाली महापूरुषहरुले जिन्दगीको हरेक मोडहरुमा क्रान्तिकारी कदमहरु अझै त्यसमा राष्ट्रप्रेमी आवाजहरु वुलन्द गर्दै अखण्ड राज्यको स्थापना गरी वीर गोर्खालीको नामले परिचित हाम्री नेपाल आमा  प्रत्येक नेपालीको ढुकढुकी पनि त हो । ति महान नायकहरु, क्रान्तिकारी हृदयहरु, जीवन त्याग गर्ने बलिदानि मुस्कानहरु, अखण्ड राज्यको लागि भएका क्रान्तिकारी कदमहरु, मातृभूमिको मुहारमा खाई नखाई हाँसो छर्ने ति बलिदानि वीरंगनाहरु अझै भनौ त ति महान सपूतहरु आजको यस उत्तरआधुनिक वादले झकिझकाउ स्वर्णिम संसारको उपज भन्दा दुईमत नहोला । नेपाली क्रान्तिका महानायक, एक दुरदर्शी व्यक्तित्व, विचलित नेपाली ढुकढुकीहरुको भविष्य सुनिस्चित गर्ने महान वीर सपूत उनै श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहले चार जात छत्तीस वर्णको फूलवारी भनी स्थापित गरेको यो राज्य त्यसैगरी अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका विरुद्ध आफ्नो देशको अस्तित्व वचाउन, नेपाली आमाको चेहरामा मन्द मुस्कान सुम्पन, आजको नेपाल अधिराज्यको स्थापना गर्न  अझै भनौ त नेपाली ढुकढुकीहरुको रक्षा गर्न आफ्नो कलकलाउँदो फक्रिरहेको अनि फूलिरहेको स्वर्णिम जीवन शत्रुहरुको वम र वारुद त वैरीहरुको तोपको ढाल वनि मातृभूमिको रक्षा गर्न जीवन आहुती दिने ति महान वीरपूरुषहरु वलभद्र कुँवर, भक्ति थापा, अमर सिहं थापा जस्ता यो देशका शाहसी धड्कनहरुको त्यो नालापानीको रक्तिम आवाजले हाम्रो अस्तित्वलाई विश्वसामू स्पष्ट पारेको छर्लङ्घ देखिन्छ । हिजो पृथ्वीनारायण शाहले वाईसे चौबीसे राज्यलाई एकीकरण नगरेको भए, भक्ति थापा, वलभद्र कुँवर, अमर सिंह थापा जस्ता महान वीर पूरुषहरु शत्रुको ढाल वनि नेपाली माटो नरङ्घिएको भए के आज हामी शीर ठाडो पारेर गर्वका साथ हाम्रो प्राकृतिक सौन्दर्यता अनि त्यसभित्रको कृतिम रंगमञ्चीय दृष्यहरुको स्वाद बटुल्न पाउँथ्यौ होला त ? त्यस्तै सगरमाथाको चुचुरोमा हाम्रो राष्ट्रियताको प्रतिक नेपाली पहिचान राष्ट्रिय झण्डा विश्व सामु फहराउँथ्यो होला त ? अनि हाम्रा नेपाली आवाजहरु, मन्द मुस्कानहरु, भाषिक स्वरहरु, धार्मिक कृतज्ञताहरु मादल र मुर्चुङ्गा अनि वाँसुरीको हृदयस्पर्शी धुनसगै स्पर्श गर्न पाउँथ्यौ होला त ?
अपसोच् !
समय परिवर्तित छ, परिवर्तित समय सगँसगै मानव मस्तिष्कहरु, वुलन्द आवाजहरु, मर्मस्पर्शी हृदयका सपनाहरु परिवर्तित भइरहेका छन् । समयको वेग सँगै मानवीय इच्छा र चाहनाहरु क्षण भरमै परिवर्तित हुदैछन् । क्रान्तिका नाउँमा नेपाली अस्तित्व सिमलको फूलझै लत्रिएर वेकम्मा भएर उड्दैछ । वीरहरुले जीवनको आहुती दिएर सजिएको यो अखण्ड राष्ट्र जातीयताका नाउँमा धुजा धुजा हुदैछ । भाईचाराले मन्त्रोमुग्ध सम्बन्ध जातीयताका नाराले चुडिदैछ । जातीयताका नाउँमा भाईचारा माथि खुकुरीको धार बर्सदैछ । अखण्ड राष्ट्रियताको बलत्कार हुँदैछ अझै मार्मिक कुरा त राष्ट्रिय अखण्डता माथि विदेशी चलखेल बढ्दै छ, किन ???
आज देश सङ्क्रमणकालमा गुज्रिरहेको छ, एक नेपालीले अर्को नेपालीलाई चिन्न छाडीसकेको छ,आपसी कलह बढ्दैछ, एक–एक गर्दै नेपाली समाजका पीडाहरु दिन प्रतिदिन थपिदैछन्, ऐतिहासिक सम्झौताहरु क्षणभरमै तोडिदैछन्, विकासका झुल्के घामहरु नजरवन्दमा छन्, दलित, उत्पीडन र अपहेलितका चोटहरु झन आलाकाचाँ वन्दै गईरहेका छन्, अझै दुःखदायी कुरा त नेपाली अस्मिता हामीहरु माझवाट अपहरित हुदैछ, देश गृह युद्धमा लपेटीँदैछ यस्तै–यस्तै पीडा र विचलित मोडहरुमा नेपाल र नेपाली तहसनहस भैरहेछ ।
देश पुरै रक्तपातमय वन्दैछ, गृह युद्धको आँधीवेहरी सुरुभईसकेको छ, ठाउँ–ठाउँमा जातीय दङ्गा भएको समाचार आईरहेछ बिशेषतः राष्ट्रिय अखण्डता माथि विदेशी चलखेल बढिरहेछ, अन्तराष्ट्रिय बजारहरुमा नेपाली भूमिमाथिको गिद्धे नजरका वारेमा बहस हुँदैछ, अखण्ड सौन्दर्य नेपाल भूमिका विभिन्न प्राकृतिक सौन्दर्यताले झकिझकाउ स्वर्गीय स्थलहरु अन्तराष्ट्रिय बजारहरुमा मोलतोल गरी भागवन्डा हुदैछ ।
उता संविधान वनाउने होडवाजीमा वर्षौ वितिसकेको छ । क्षण–क्षणमा सरकार परिवर्तन भईरहेको छ । राष्ट्रिय सम्पत्तिको दुरुपयोग भईरहेको छ । देश विकासका नाउँमा पहुँचहरुको भरणपोषण भईरहेको छ । आरोप प्रत्यारोपमा अमूल्य समय वर्वाद हुदैछ । राष्ट्रिय ढुकुटिमा धमीरा लागीसकेको छ । देशको अर्थतन्त्र राजनैतीक षड्यन्त्रले खोक्रो भईसकेको छ त्यस्तै मलमपट्टी गर्नुपर्ने मोडहरुमा नेतृत्व पंत्तिवाटै आगोमा घिउ थप्ने कुकार्य भईरहेछ । अझै भनौ त कँहि नभएको जात्रा हाँडी गाउँमा भनेझै भईरहेछ ।
खै कहाँ छ शान्ति यहाँ मानवले मानवकै हत्या गरिरहेछ । किन हुन्छ क्रान्ति यहाँ देश झन् झन् दर्दनाक वन्दै गईरहेछ । किन क्रान्ति गरिन्न यहाँ नेपाली भूमि माथि हुँदै गरेका अन्तराष्ट्रिय क्रूर दमन अनि नेपाली भूमिको भागवन्डा भईरहेका ती साम्राज्यवाद र विस्तारवादका बहसहरु माथि ???
;dfKt

No comments:

Post a Comment